गाउँपालिकामा सञ्चालित सहकारीलाई आयकर पूरै छुट, महानगरका सहकारीले १०% तिर्नुपर्ने

काठमाडौं । सरकारले गाउँपालिकामा सञ्चालित सबै सहकारीलाई आयकरमा पूर्ण छुट दिने भएको ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्ष २०७७/७८को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

 

तर, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा सञ्चालित सहकारीले भने आयकरमा छुट पाउने छैनन् ।

 

नगरपालिका, उपमहानगर र महानगरमा कारोबार गर्ने सबै प्रकारका सहकारीलाई क्रमशः ५, ७ र १० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ ।

आगामी वर्ष मूल्यवृद्धि ७% मा सीमित राख्ने सरकारको लक्ष्य, आर्थिक वृद्धि लक्ष्य कति (बजेटको पूर्णपाठ) Read Previous

आगामी वर्ष मूल्यवृद्धि ७% मा सीमित राख्ने सरकारको लक्ष्य, आर्थिक वृद्धि लक्ष्य कति (बजेटको पूर्णपाठ)

बजेटको आकार ५८ अर्ब घट्यो, आगामी वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ सहित) Read Next

बजेटको आकार ५८ अर्ब घट्यो, आगामी वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ सहित)