काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्ष मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने बताएका हुन् ।
सरकारले चालू आर्थिक वर्षमा मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखे थियो ।
यस्तै, सरकारले आगामी वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।
सरकारले चालू आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । तर, कोरोनाका कारण २.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।