बजेटको आकार ५८ अर्ब घट्यो, आगामी वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ सहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको रुपैयाँको बजेट ल्याएको छ ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि उक्त रकमको बजेट प्रस्तुत गरेका हुन् ।

 

सरकारले आगामी वर्ष चालू खर्चका लागि ९ खर्ब ४८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

त्यस्तै पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब विनियोजन गरेको छ ।

 

सरकारले आगामी वर्ष ८ खर्ब ८९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।

गाउँपालिकामा सञ्चालित सहकारीलाई आयकर पूरै छुट, महानगरका सहकारीले १०% तिर्नुपर्ने Read Previous

गाउँपालिकामा सञ्चालित सहकारीलाई आयकर पूरै छुट, महानगरका सहकारीले १०% तिर्नुपर्ने

सुन, डिजेल र पेट्रोलमा भन्सार शुल्क बढ्यो, १ दजर्न वस्तुमा अन्तःशुल्क हटाइयो Read Next

सुन, डिजेल र पेट्रोलमा भन्सार शुल्क बढ्यो, १ दजर्न वस्तुमा अन्तःशुल्क हटाइयो