सुन, डिजेल र पेट्रोलमा भन्सार शुल्क बढ्यो, १ दजर्न वस्तुमा अन्तःशुल्क हटाइयो

काठमाडौं । सरकारले सुन, डिजेल र पेट्रोलमा भन्सार शुल्क बढाएको छ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्ष २०७७/७८को बजेट सार्वजनिक गर्दै सुन र सुनका गरहनामा भन्सार शुल्क सामान्य वृद्धि गरेको घोषणा गरेका हुन् ।

 

त्यस्तै, हवाई इन्धन र एलपी ग्यासबाहेकका डिजेल, पेट्रोल, मट्टीतेल लगायत पेट्रोलियम पदार्थको भन्सार शुल्कमा पनि सामान्य वृद्धि गरिएको घोषणा गरेका छन् ।

 

त्यस्तै, चुरोट, गुट्खा, पान मसला लगायतमा लाग्दै आएको स्वास्थ्य जोखिम करमा सामान्य वृद्धि गरिएको उनले बताए।

 

बजेटमार्फत एक दजर्न बढी वस्तुमा लाग्दै आएको अन्तःशुल्क भने हटाइएको छ ।

बजेटको आकार ५८ अर्ब घट्यो, आगामी वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ सहित) Read Previous

बजेटको आकार ५८ अर्ब घट्यो, आगामी वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ सहित)

बजेटमा सेयर बजारका लागि के-के भए व्यवस्था Read Next

बजेटमा सेयर बजारका लागि के-के भए व्यवस्था