काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेटले सेयर बजारका लागि कुनै राहत तथा सहुलियत प्याकेजको व्यवस्था गरिएको छैन ।
२ महिनाभन्दा बढी बन्द भएको बजार विकास तथा विस्तारका लागि कुनै ठोस आर्थिक प्याकेज बजेटमा समेटिएको छैन । यद्यपि बजारलाई व्यवस्थित तथा विस्तारका लागि केही नीतिगत व्यवस्था भने गरिएको छ ।
बजेटमा पूँजी बजारको दायरा विस्तार गरी ऋणपत्रको दोस्रो बजार कारोबार शुरु गरिने उल्लेख गरिएको छ ।
यसैगरी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)दोस्रो बजार कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाउने, पूँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न आगामी आर्थिक वर्ष स्टक डिलर सञ्चालनमा ल्याइने बजेटमा व्यवस्था गरिएको छ ।
यसैगरी वस्तु विनिमय बजार सञ्चा्लनमा ल्याउन आवश्यक व्यवस्था मिलाउने र धितोपत्र बोर्ड, नेप्से र सीडीएस एण्ड क्लियरिङको संरचनात्मक सुधार गरिने बजेटमा उल्लेख गरिएको छ ।