हवाई इन्धनको मूल्य समायोजना गर्न माग, भारतमा भन्दा दोब्बर महँगो

काठमाडौं । वायुसेवा संचालक संघले हवाई इन्धनको मूल्य अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजना गर्न माग गरेको छ । भारतले मे १६ देखि लाग हुनेगरी हवाई इन्धनको मूल्य भारु २० प्रतिलिटर तोकेको छ ।

 

चीनले हाल तोकेको मूल्य ५० प्रतिशत अनुदान दिएको छ । तर, नेपालमा वायुसेवा कम्पनीहरुलाई हवाई इन्धन प्रतिलिटर ७५ रुपैयाँमा विक्री वितरण भइरहेको छ । जुन अन्य छिमेकी मुलुकको तुलनामा अत्यन्तै महँगो देखिन्छ ।

 

नेपाल आयल निगमले विगतदेखि नै इन्डियन आयल कर्पोरेशनले दिएको मूल्य सूची अनुसार हवाई इन्धन लगायत अन्य इन्धनको मूल्य समायोजन गर्दै आएको छ । तर, भारतको तुलनामा हालको अस्वभाविक मूल्यलाई आयल निगमले विश्व बजारको मूल्य अनुसार तत्कालै हवाई इन्धनको मूल्य समायोजन गर्न माग गरिएको संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए ।

 

उनले अन्तर्राष्ट्रिय बजारमा घट्दै गएको हवाई इन्धनका मूल्य अनुसार नेपालमा पनि हवाई इन्धनको मूल्य घटाई अनुरोध गरेका छन् । उनले सरकारलाई कम नाफा राखी समायोजन गरी सर्वसाधारणको यात्रालाई सुलभ र सहुलियत पूर्ण बनाउन आग्रह गरे ।

 

हवाई इन्धनको मूल्यमा उतारचढाव हुँदा वायुसेवा उद्योगको सञ्चालन खर्च लगायत नाफाघाटा निकै प्रभावित हुने गरेको छ । वायुसेवा कुल खर्चको ३५ देखि ४० प्रतिशत हवाई इन्धनको रहने गरेको छ ।

 

कोरोना भाइरस महामारीका कारण हवाई कम्पनीहरु निकै घाटामा परेका छन् ।आन्तरिक वायुसेवाको कुल आम्दानीको करिब ३० प्रतिशत रहेको छ । लकडाउनका कारण विदेशी पर्यटन अहिले शून्यमा झरेको छ ।

 

पर्यटनलगायत वायुसेवा कम्पनीको कुल आन्तरिक गार्हस्थ उत्पादनमा वार्षिक हाराहारी २ प्रतिशतको योगदान रहने गरेको छ ।

कोरोनापछि रेमिट्यान्स आधाभन्दा बढीले घट्यो Read Previous

कोरोनापछि रेमिट्यान्स आधाभन्दा बढीले घट्यो

रसियाद्वारा ब्रिक्स शिखर सम्मेलन स्थगित Read Next

रसियाद्वारा ब्रिक्स शिखर सम्मेलन स्थगित