काठमाडौं । गत चैतदेखि वैशाख मसान्तसम्म करिब ७५ अर्ब ४८ करोड रेमिट्यान्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गत चैतदेखि वैशाखसम्मको अवधिमा अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहमा कमी आएको छ। गत वर्षको सोही अवधिमा एक खर्ब ४३ अर्ब ११ करोड रेमिट्यान्स प्राप्त भएको थियो ।
नेपालीको प्रमुख श्रम गन्तव्य खाडी, मलेसिया लगायतका देशमा पनि ‘लकडाउन’ जारी रहेका बेला रेमिट्यान्स आप्रवाहमा नकारात्मक असर परेको हो । गत फागुनमा ५अर्ब १० करोड प्राप्त भएकामा गत चैतमा एक अर्ब ६० करोड मात्रै त्यस्तो आय प्राप्त भएको छ।