रसियाद्वारा ब्रिक्स शिखर सम्मेलन स्थगित

रसियामा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरु स्थगित भएका छन् ।

 

रसियाली राष्ट्रपतिको कार्यालयले कोरोनाभाइरस महामारी नियन्त्रणमा आइनसकेको भन्दै उक्त दुबै सम्मेलनका लागि नयाँ मिति घोषणा गरिने जनाएको छ ।

 

यी बैठकहरु सेन्टपिटर्सबर्गमा आगामी जुलाई २१ देखि २३ सम्म आयोजना हुने गरी तय भएका थिए ।

 

क्रेमलिनका अनुसार सहभागी मुलुक तथा विश्वव्यापी कोरोनाभाइरसको अवस्था पुनर्मूल्यांकन गरी नयाँ मिति घोषणा गरिनेछ ।

हवाई इन्धनको मूल्य समायोजना गर्न माग, भारतमा भन्दा दोब्बर महँगो Read Previous

हवाई इन्धनको मूल्य समायोजना गर्न माग, भारतमा भन्दा दोब्बर महँगो

सेनाले ग्वाङ्जाओबाट ल्यायो थप १५ टन स्वास्थ्य सामग्री Read Next

सेनाले ग्वाङ्जाओबाट ल्यायो थप १५ टन स्वास्थ्य सामग्री