ईसेवा मनि ट्रान्सफरले जापानपछि मलेसियाबाट सुरु गर्‍यो कारोबार

काठमाडौं । ईसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ।यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको ईसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो।

 

मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो।मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्ट बाहेक सीधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउनसक्ने भएका छन्।

 

ईसेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा सुरु गरेसँगै मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज भएको विश्वास लिइएको छ।

एक महिनामै १ लाख ९७ हजारले गरे कोरोना बीमा, कुन कम्पनीले कति पोलिसी बेचे (सूचीसहित) Read Previous

एक महिनामै १ लाख ९७ हजारले गरे कोरोना बीमा, कुन कम्पनीले कति पोलिसी बेचे (सूचीसहित)

कोरोनाको नयाँ इपिसेन्टर बनेको ब्राजिल भएर यात्रा गर्नेलाई अमेरिका प्रवेशमा प्रतिबन्ध Read Next

कोरोनाको नयाँ इपिसेन्टर बनेको ब्राजिल भएर यात्रा गर्नेलाई अमेरिका प्रवेशमा प्रतिबन्ध