कोरोनाको नयाँ इपिसेन्टर बनेको ब्राजिल भएर यात्रा गर्नेलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले ब्राजिल भएर यात्रा गर्ने अमेरिका बाहेकका कुनै पनि देशका नारिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ ।

 

अमेरिकाको यो यात्रा प्रतिबन्धको नीतिबमोजिम पछिल्ला १४ दिनमा ब्राजिल पुगेका या पछिल्लो १४ दिनयता ब्राजिल भएर यात्रा गरेका नागरिकलाई अबदेखि अमेरिका प्रवेश गर्न दिइने छैन ।

 

अमेरिकामा कोभिड १९ को प्रकोप रोक्नका लागि अमेरिकाले यो नीति अख्तियार गरेको जानकारी दिइएको छ । अमेरिकाले नागरिकहरूलाई आफ्नो देश छिर्न प्रतिबन्ध लगाएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक प्रवक्ताले जनाएका छन् ।

 

दक्षिण अमेरिकी देश ब्राजिलमा साढे तीन लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यो देश संक्रमणको हिसाबले विश्वको दोस्रो ठूलो केन्द्र बन्न पुगेको बताइएको छ ।

 

ब्राजिलमा २२ हजार भन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । यस्तो प्रतिबन्धलाई अमेरिकामा नयाँ संक्रम्रमण भित्रिन नदिनका लागि गरिएको प्रयासका रुपमा मात्र लिनुपर्ने अमेरिकाले अर्थ्याएको बताइएको छ ।

 

ह्वाइट हाउसकी प्रवक्ता कालेह म्याकन्यानीले आइतबार एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिनुभएको हो । हालैको यो नयाँ प्रतिबन्धले दुई देशबीचको व्यापारमा भने असर नगर्ने पनि ह्वाइट हाउसका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

यो प्रतिबन्धले अमेरिकी नागरिकहरुका साथै उनीहरूका परिवार, कानुनी संरक्षक, अमेरिकी नागरिकका सन्तान वा कानुनी रूपमा स्थायी आवासीय अनुमति भएका र २१ वर्ष मुनिका उनीहरुका दाजुभाइ एवं दिदीबहिनीहरूलाई भने रोक्नेछैन ।

 

अत्यावश्यक भएर अमेरिका प्रवेश गर्नेहरुलाई पनि स्वास्थ्यका तोकिएका मापदण्डहरु पूरा गर्नुपर्ने भएको बताइएको छ ।

ईसेवा मनि ट्रान्सफरले जापानपछि मलेसियाबाट सुरु गर्‍यो कारोबार Read Previous

ईसेवा मनि ट्रान्सफरले जापानपछि मलेसियाबाट सुरु गर्‍यो कारोबार

चक्लाबन्दी खेतीतर्फ कृषक आकर्षित, ८०० रोपनी जग्गालाई चक्लाबन्दी गरियो Read Next

चक्लाबन्दी खेतीतर्फ कृषक आकर्षित, ८०० रोपनी जग्गालाई चक्लाबन्दी गरियो