एक महिनामै १ लाख ९७ हजारले गरे कोरोना बीमा, कुन कम्पनीले कति पोलिसी बेचे (सूचीसहित)

काठमाडौं ।नेपालमा  कोरोना भाइरसको संक्रमणसँगै कोरोना बीमालेख प्रति मानिसको आर्कषण देखिएको छ ।

 

बीमा समितिको निर्देशनमा निर्जीवन बीमा कम्पनीहरुले बैशाख ७ गतेबाट कोरोना बीमालेख विक्री शुरु गरेका थिए । कोरोना बीमालेखा बजारमा आएको १ महिनाको अवधिमै करिब २ लाख जनाले बीमा गरेका छन् ।

 

पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएसँगै विभिन्न कर्पोरेट हाउस, मिडया हाउस, बैंक तथा वित्तीय संस्था लगायतले आफ्ना कर्मचारीको सामूहिक रुपमा बीमा गर्न थालेपछि बीमीतको संख्या बढेको समितिको भनाइ छ ।

 

बीमा समितिका अनुसार आइतबार (जेठ ११ गते)सम्ममा १५ हजार ६८३ पोलिसीमार्फत १ लाख ९७ हजार ७०१ जनाले कोरोना बीमा गरेका छन् । त्यसबाट १० करोड ६८ लाख ३० हजार ८५५ रुपैयाँ बीमा शुल्क संकलन भएको छ । समितिका अनुसार अहिलेसम्म कसैबाट दाबी झुक्तानीका निवेदन परेको छैन ।

 

पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएसँगै विभिन्न कर्पोरेट हाउस, मिडया हाउस, बैंक तथा वित्तीय संस्था लगायतले आफ्ना कर्मचारीको सामूहिक रुपमा बीमा गर्न थालेपछि बीमीतको संख्या बढेको समितिको भनाइ छ ।

 

कोरोनाको संक्रमण बढ्दै गएको र अत्यावश्यक सेवाका कर्मचारीहरु फिल्डमै खटिनु पर्ने भएकाले उनीहरुको आत्मबल बढाउनका साथै आर्थिक सुरक्षासमेत प्रदान गर्ने भएकाले कोरोना बीमाप्रति आकर्षण बढ्दै गएको निर्जीवन बीमा कम्पनीहरु बताउँछन् ।

 

कुन कम्पनीले कति जनाको बीमा गरे ?

 

हाल सञ्चालनमा रहेका २० ओटै निर्जीवन बीमा कम्पनीहरुले कोरोना पोलिसी जारी गरेका छन् ।

समितिका अनुसार आइतबारसम्ममा सबैभन्दा धेरै पोलिसी शिखर इन्स्यारेन्सले बेचेको छ । शिखरले ४ हजार १०४ पोलिसीमार्फत ३८ हजार २५४ जनाको कोरोना बीमा गराएको छ ।त्यसबापत २ करोड ९ लाख ३ हजार ७०० बीमा शुल्क संकलन गरेको छ ।

 

यस्तै, व्यक्तिको आधार नेशनल इन्स्योरेन्सले सबैभन्दा कम २ हजार ३५ जनाको बीमा गराएको छ । पोलिसिका आधारमा भने सरकारी स्वामित्वको राष्ट्रि बीमा कम्पनीले सबैभन्दा कम १९ ओटा मात्र पोलिसि बेचेको छ ।

 

क-कसले गर्न सक्छन् कोरोना बीमा ?

 

बीमा समितिले कोरोनाको बढ्दो जोखिमलाई मध्येनजर गर्दै यो पोलिसी ल्याएको थियो । समितिले कोरोना पाजेटिभ देखिन साथ भुक्तानी गर्ने गरी २ किसिमका पोलिसी ल्याएको छ । जसमा १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको अलग अलग बीमालेख छ।

 

१ लाख रुपैयाँ बराबरको व्यक्तिगत बीमा गर्दा प्रति व्यक्ति १ हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत समावेश गरेमा प्रतिव्यक्ति थप ६०० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ ।

 

यस्तै ५० हजार रुपैयाँ कुल बीमांक रकमको लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवारको सम्पूर्ण सदस्यको बीमा गर्दा ३०० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ ।

 

यो बीमालेख जन्मिएको ३ महिनादेखि ९९ वर्षसम्मको मानिसले गर्न सक्ने छन् । यसका लागि कुनै किसिमको चिकित्सकको परीक्षण आवश्यक पर्ने छैन ।

 

यस्तो बीमालेख खरिद गर्न चाहने मानिसले जुनसुकै निर्जीवन बीमा कम्पनीको नजिकको शाखा कार्यालय, बजार विभागका कर्मचारी बीमा अभिकर्ता वा प्रधान कार्यलयमा सोझै सम्पर्क गरी बीमालेख खरिद गर्न सकिने व्यवस्था गरेको छ ।साथै अनलाइनबाट समेत पोलिसी किन्न सकिने व्यवस्था छ ।

 

बीमालेख खरिदकर्ताले बीमालेख वापतको रकम विभिन्न डिजिटल प्लेटफर्मबाट भुक्तानी गर्न सक्नेछन् ।

 

कसरी पाइन्छ भुक्तानी ?

 

बीमा समितिले कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तीकै बीमा दाबी भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ । दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटीभ हुन साथ दाबी गर्न सकिनेछ।

 

यसरी बीमा पोलेसी किनेका मानिसको कोरोना भाइरस संक्रमण पुष्टी भएको खण्डमा बीमा कम्पनीले दाबी भुक्तानी गर्ने छ । त्यसको लागि कुनै किसिमको भौचर वा बिलको आवश्यकता पर्ने छैन । बीमितको कोरोना पोजेटिभ भएको प्रमाणित भएको कागज भए दाबी भुक्तानी हुनेछ ।

काठमाडौंमा ३ सहित थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो Read Previous

काठमाडौंमा ३ सहित थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

ईसेवा मनि ट्रान्सफरले जापानपछि मलेसियाबाट सुरु गर्‍यो कारोबार Read Next

ईसेवा मनि ट्रान्सफरले जापानपछि मलेसियाबाट सुरु गर्‍यो कारोबार