काठमाडौं । नेपालमा सोमबार एकैदिन थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ६७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंसहित देशका विभिन्न जिल्लाका ७२ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३, रौतहटमा २६, बारामा २३, धनुषामा ३, कपिलवस्तुमा ३, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भए हो।
देशका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरु १६ वर्षदेखि ५३ वर्षसम्मका रहेको मन्त्रालयले जनाएको छ ।
