स्वास्थ्य सामग्री लिन चीनको चाङशा उड्यो हिमालय एयरलाइन्स

काठमाडौं । अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सको न्यारोबडी ए-३२० जहाज आज बिहान चीनको चाङ्शा उडेको छ ।

 

कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हिमालयको जहाज चाङ्शा उडेको विमानस्थलले जनाएको छ । चीनबाट निजी व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन हिमालयको जहाज कार्गो चार्टर्ड गरेको बताइएको छ ।

 

नेपालबाट अन्तर्राष्ट्रि उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले बन्दाबन्दीको अवस्थामा चीनका विभिन्न गन्तव्यबाट स्वास्थ्य सामग्री ल्याइरहेको छ ।

 

पछिल्लोपटक चीनको बेइजिङ, ग्वान्जाओ, चाङ्शालगायत गन्तव्यबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ल्याइरहेका छन् ।

नेपाल र इजरायलका चेम्बर अफ कर्मसबीच सम्झौता Read Previous

नेपाल र इजरायलका चेम्बर अफ कर्मसबीच सम्झौता

चीनको सिआन-काठमाडौं कार्गो रेल सेवा सुरु, ८ दिनमा सामान काठमाडौं आइपुग्ने Read Next

चीनको सिआन-काठमाडौं कार्गो रेल सेवा सुरु, ८ दिनमा सामान काठमाडौं आइपुग्ने