चीनको सिआन-काठमाडौं कार्गो रेल सेवा सुरु, ८ दिनमा सामान काठमाडौं आइपुग्ने

काठमाडौं । चीन र काठमाडौं बीच सीधै यातायात सेवा सुरु भएको छ । चिनीयाँ सहर सिआन र काठमाडौंबीच सीधा रेलवे-सडक कार्गो सेवा सुरु भएको हो ।

 

शुक्रबार चीनको उत्तर पश्चिम प्रान्त शाङ्सीको राजधानी सिआनको सिञ्चु रेलवे स्टेसनबाट काठमाडौँका लागि सामान बोकेर रेल छुटेको चिनियाँ सञ्चार संस्था सिन्ह्वाले जनाएको छ ।

 

उक्त रेलमा रहेका सामान तिब्बतको सिगात्सेसम्म रेलमा आउने छ भने, त्यसपछि ट्रकमा हालेर काठमाडौंसम्म ल्याइने छ । अब सिआनबाट काठमाडौं सामान आइपुग्न ८ दिनको समय लाग्ने छ ।

 

अहिले छुटेकोे रेलमा पाइप, कपडा, जुत्ता, प्रिन्टरसहितका सामान रहेको जनाएएको छ । यो सेवा चाइना रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्टेसन लिमिटेडले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् ।

 

यो सेवा शाङ्सी प्रान्तबाट दक्षिण एशियाली मुलुकसँगको पहिलो संयुक्त कार्गो रेलवे सेवा बन्न गएको छ ।

स्वास्थ्य सामग्री लिन चीनको चाङशा उड्यो हिमालय एयरलाइन्स Read Previous

स्वास्थ्य सामग्री लिन चीनको चाङशा उड्यो हिमालय एयरलाइन्स

लकडानकै बीच रिलायन्सको जियो मार्टको सेवा भारतभर शुरु Read Next

लकडानकै बीच रिलायन्सको जियो मार्टको सेवा भारतभर शुरु