लकडानकै बीच रिलायन्सको जियो मार्टको सेवा भारतभर शुरु

रिलायन्सले अनलाइन सपिङ पोर्टल जियो मार्टको ट्रायल भारतभरी शुरु गरेको छ । जियो मार्टले अनलाइन ग्रोसरी (किराना) सपिङ पोर्टल देशभर शुरु गरेको हो । कोरोना भाइरसको महामारीका कारण भारत लकडाउनको अवस्थामा रहेकै बेलामा जियो मार्टले आफ्नो सेवा शुरु गरेको हो ।

 

रिलायन्स रिटेल ग्रोसरी बिभागका प्रमुख कार्यकारी दामोदर मलले जियोले अहिले भारतका बिभिन्न २०० वटा सहरमा आफ्ना सेवा शुरु गरिसकेको बताएका छन् । जियो मार्टले गत महिना मुम्बईको ३ स्थानमा आफ्ना सेवा पहिलो पटक शुरु गरेको थियो ।

 

यो सँगै भारतको मात्र नभएर एसियाकै धनी मानिसका रुपमा रहेका मुकेश अम्बानी भारतमा अमेजोन र वालमार्टको फ्ल्पिकार्टलाई चुनौती दिन एक कदम बघि बढेका छन् । जियो मार्टको व्यवसाय सन् २०२७ सम्ममा २०० अर्ब डलरको हुने विख्यात अनुसन्धानकर्ता कम्पनी केपिएमजीले प्रक्षेपण गरेको छ ।

 

यद्यपि यसका विषयमा रिलायन्सका प्रवक्ताले सार्वजनिक अभिव्यक्ति दिन भने चाहेका छैनन् ।

 

जियो मार्टको सपिङ एप फेसबुकको ह्वाट्स एपमा उपलब्ध रहेको छ । भारतमा ह्वाट्स एपको ४० करोड प्रयोगकर्ता रहेका छन् । फेसबुकले पनि जियोमार्टसँगको उसको साझेदारीले साना व्यवसायहरुलाई ग्राहकहरुसँग जोड्न मद्दत पुर्याउने जनाएको छ ।

 

न्यु र्योकमा अवस्थित केकेआर एण्ड कोले शुक्रबार जियो प्लेटर्फामस् लिमिटेडमा लगानी गरेसँगे उक्त कम्पनीमा लगानी गर्ने पछिल्लो प्राइभेट इक्विटी फर्म बनेको छ । जियो प्लेटर्फाम्स् लिमिटेड रिलायन्स द्धारा नियन्त्रित डिजीटल सर्भिस होल्डिङ कम्पनी हो ।

 

केकेआरले जियो प्लेटर्फाम्स्को २.३ प्रतिशत १.५ अर्ब डलरमा किनेको छ । अम्बानी जियो प्लेटर्फाम्स्का सेयरहरु अहिले धमाधम बेचिरहेका छन् । उनी रिलायन्सको २० अर्ब डलर ऋणलाई शुन्यमा झार्ने योजनामा रहेका छन् । रिलायन्स तेल र पेट्रोकेमिकलको व्यवसायबाट तिव्र गतिमा बृद्धि हुने उपभोक्तामुखी व्यवसायमा आउन चाहिरहेको छ ।

चीनको सिआन-काठमाडौं कार्गो रेल सेवा सुरु, ८ दिनमा सामान काठमाडौं आइपुग्ने Read Previous

चीनको सिआन-काठमाडौं कार्गो रेल सेवा सुरु, ८ दिनमा सामान काठमाडौं आइपुग्ने

त्रिदेशीय सीमा जोड्ने दार्चुला-तिंकर सडकको काम अघि बढ्दै Read Next

त्रिदेशीय सीमा जोड्ने दार्चुला-तिंकर सडकको काम अघि बढ्दै