काठमाडौं । अघिल्लो हप्ता स्थिर रहेको सुनको मूल्य यस साता उकालो लागेको । गत हप्ताभरि ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन यस साताको अन्तिम दिनसम्म आइपुग्दा तोलामा १ हजार रुपैयाँले बढेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला ६५ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रियस्तरमा नै सुनको मूल्यमा आएको उत्तरचढावले गर्दा यसको असर नेपाली बजारमा पनि देखिएको व्हो । शक्ति राष्ट्र अमेरिकाको चीन, भारत, इरान लगायतका राष्ट्रहरूसँगको विवादका कारण कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको छ ।