सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच परामर्श सेवा सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेज लिमिटेडबीच व्यवसायिक परामर्श सेवा सम्झौता भएको छ ।

 

शुक्रबार आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र सर्भिसेजका तर्फबाट अध्यक्ष सुमन रायमाझीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

 

सम्झौता अनुसार बैंकले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको विभिन्न बैंकिङ्ग सुविधाहरुमा सर्भिसेज मार्फत सहज र सरल रुपमा परामर्श सेवा प्राप्त गर्न सक्नेछन् ।

 

ग्राहकले बैंकका सबै शाखा कार्यालयबाट नयाँ व्यवसायको योजना, उद्योगसँग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धी सेवामा परामर्श पाउन सक्नेछन् । बैंकले हाल ८६ वटा शाखा मार्फत आफ्नो वित्तीय कारोबार  तथा सेवा  प्रदान गरिरहेको छ ।

सुनको मूल्य फेरि उकालो Read Previous

सुनको मूल्य फेरि उकालो

विपद् व्यवस्थापनको लागि ६६ स्थानमा हेलिप्याड निर्माण Read Next

विपद् व्यवस्थापनको लागि ६६ स्थानमा हेलिप्याड निर्माण