काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आगामी जेठ ११ गते हङकङमा पनि चार्टर्ड उडान गर्ने कार्यतालिका बनाएको छ ।
नेपालमा लकडाउनका कारण रोकिएका केही कङकङ्गेली नागरिक र हङकङ आइडी भएका नेपालीलाई जहाज चार्टर्ड गरी लैजान लागिएको हो ।
यो गन्तव्यको उडानका लागि पनि निगमको वाइडबडी जहाज चार्टर्ड गरिएको छ । यात्रुको सङ्ख्या भने यकिन भएको छैन । हङकङमा निगमले नियमित उडान भर्दै आएको छ । यो गन्तव्यमा लकडाउनका कारण हाललाई उडान स्थगन भएको हो ।
निगमले भारतका तीनसहित नौ गन्तव्यमा आफ्ना दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।