कोरोना सर्ने भन्दै कालिमाटीबाट फलफूल र तरकारी ल्याउन निषेध

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ ।

 

कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो ।

 

नगरप्रमुख गजेन्द्र महर्जनद्वारा जारी गरेको सूचनामा कालिमाटी, बल्खु र बानेश्वरबाट आउने फलफूल तथा तरकारी ल्याइ व्यापारीले बिक्री वितरण गरेको पाइएमा कडाभन्दा कडा कारवाही गरिने उल्लेख गरिएको छ ।

 

यसैगरी सूचनामा नगरपालिकाका सबै वडामा अत्यावश्यक खाद्यवस्तु बिक्री वितरणका लागि बिहान ५ देखि ११ बजेसम्मका लागि मात्र पसल खुला गर्नसमेत व्यवसायीमा अपिल गरिएको छ ।रासस

नेपालमा कति महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ, यस्तो छ विवरण Read Previous

नेपालमा कति महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ, यस्तो छ विवरण

जेठ ११ गते हङकङमा चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स Read Next

जेठ ११ गते हङकङमा चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स