फेसबुकले ल्यायो ‘भर्चुअल सपिङ मल’ सुविधा, सित्तैमा अनलाइन स्टोर बनाउन र सामान बेच्न मिल्ने

लकडाउनले पसल खोल्न नसकेका साना तथा मझौला व्यवसायीलाई लक्षित गर्दै सामाजिक सञ्जाल कम्पनी फेसबुकले सित्तैमा अनलाइन स्टोर बनाउने र सामान बेच्ने सुविधा दिने भएको छ।

 

कोरोना भाइरसका कारण संसारभर खाद्य आपूर्ति व्यवस्था प्रभावित भएपछि फेसबुकले यस्तो सुविधा सित्तै दिन लागेको हो।

 

त्यसो त फेसबुकले सामानका विज्ञापन गर्ने, ग्राहक बनाउने र खरिदकर्ताले सम्पर्क गर्नसक्ने प्लेटफर्म बनाएकै छ। सोसल नेटवर्क पेज बनाएर फेसबुक र इन्स्टाग्रामबाट आफ्ना उत्पादनको बजार प्रवर्द्धन गर्दा शुल्क लिने गरेको छ।

 

यसमै अब फेसबुकले विज्ञापनका माध्यमबाट ग्राहकलाई कारोबारीहरूले अनलाइन पसलसम्म ल्याउन पाउने सुविधा थपेको हो। यो सिस्टममा सोसल नेटवर्कभन्दा बाहिर पनि वेबसाइटमा राखिएका सामानमा ग्राहक एकै क्लिकमा पुग्न, हेर्न र अर्डर गर्न सक्छन्।

 

कोरोना भाइरसका कारण व्यापारमा संकट झेलिरहेका व्यवसायीलाई ध्यानमा राख्दै यो सुविधा ल्याइएको फेसबुकले जनाएको छ। व्यवसायीले फेसबुकको यो सुविधाको मद्दतले फेसबुक र इन्स्टाग्राममा सजिलै पसल बनाउन सक्छन्।

 

महाव्याधिको बढ्दो असरसँगै संसारभर खुद्रा कारोबार नराम्ररी प्रभावित भएको छ। पछिल्लो तीन महिनायता संसारभर खुद्रा कारोबार गर्ने पसलहरू बन्द हुँदा आपूर्ति व्यवस्था प्रभावित भएको छ।

-एजेन्सी

राष्ट्र बैंकले फेर्‍यो ७ वटा विभाग तथा कार्यालयको नाम Read Previous

राष्ट्र बैंकले फेर्‍यो ७ वटा विभाग तथा कार्यालयको नाम

लकडाउन यता सवा ३ अर्बको औषधि आयात, १ लाख ८४ हजार मेट्रिकन खाद्यान्न भित्रियो Read Next

लकडाउन यता सवा ३ अर्बको औषधि आयात, १ लाख ८४ हजार मेट्रिकन खाद्यान्न भित्रियो