राष्ट्र बैंकले फेर्‍यो ७ वटा विभाग तथा कार्यालयको नाम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो मातहत रहेका ७ वटा विभाग तथा कार्यालयको नाम फेरेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (साउन १ गते) देखि लागू हुने गरी ती विभाग तथा कार्यालयको नाम परिवर्तन हुने जनाएको छ ।

 

राष्ट्र बैंकले साविकको संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, बैंकिङ कार्यालयको नाम बैंकिङ विभाग, सूचना प्रविधि विभागको नाम सूचना प्रविधि महाशाखा बनाएको छ ।

 

त्यस्तै सामान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग राखेको छ भने अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग राखेको छ।

 

त्यस्तै लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग राखिएको छ भने र उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेशस्थित कार्यालयहरु कायम गरिएको छ।

-keywords
विश्व बैंकद्वारा अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा, १०० देश लाभान्वित हुने Read Previous

विश्व बैंकद्वारा अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा, १०० देश लाभान्वित हुने

फेसबुकले ल्यायो ‘भर्चुअल सपिङ मल’ सुविधा, सित्तैमा अनलाइन स्टोर बनाउन र सामान बेच्न मिल्ने Read Next

फेसबुकले ल्यायो ‘भर्चुअल सपिङ मल’ सुविधा, सित्तैमा अनलाइन स्टोर बनाउन र सामान बेच्न मिल्ने