अब सवारीसाधन थन्किएको अवधिको प्रिमियम तिर्नु नपर्ने

काठमाडौं । बीमा समितिले मोटर बीमा प्रिमियममा छुट दिन निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

 

लकडाउनको समयमा सवारीसाधन पूर्ण रुपमा थन्किएका तथा आंशिक मात्र चलेकाले जोखिम पनि न्यून हुने भन्दै लकडाउन अवधिभरको बीमा शुल्क छुट दिन निर्देशन दिएको हो ।

 

समितिका अनुसार अब बीमितले सवारी साधनको कुल वार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिम लागत कट्टा गरी बाँकी दुई तिहाईमा समानुपातिक छुट पाउने छन् ।

 

अर्थात् एक वर्षको कुल बीमा शुल्कमा ४ महिनाको अनिवार्य तिर्नु पर्ने र बाँकी रहेको ८ महीनामा जति दिन थन्किएको छ त्यतिदिनको प्रिमियम घटाएर तिर्नु पर्ने हुन्छ ।

 

यसरी प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष/यात्रु कर्मचारीको बीमा लगायत जोखिम समूहको हिसाब गर्नु पर्ने छ ।

 

सवारीसाधन थन्किएको अवधि हिसाब गर्दा लकडाउन शुरु भएदेखि अन्त्य भएको दिनसम्म गणना गरिने छ ।

 

 

अब लक्षण नदेखिएकाले पनि पैसा तिरेर कोरोना परीक्षण गर्न पाउने Read Previous

अब लक्षण नदेखिएकाले पनि पैसा तिरेर कोरोना परीक्षण गर्न पाउने

अब खेत बाँझो छाडे प्रतिकट्ठा १ हजार जरिवाना Read Next

अब खेत बाँझो छाडे प्रतिकट्ठा १ हजार जरिवाना