काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनी बाहेक अन्य कम्पनीहरुलाई कोरोना बीमा तथा सोसँग सम्बन्धित विज्ञापन नगर्न निर्देशन दिएको छ ।
समितिले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय जीवन बीमा कम्पनीहरुले पनि धमाधम कोरोना बीमा गर्ने सूचना र विज्ञापन गर्न थालेपछि आफ्नो ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो काम नगर्न निर्देशन दिएको हो ।
जीवन बीमा कम्पनीहरुले निर्जीवन बीमा कम्पनीसँग टाइअप गरेर आफ्ना बीमितलाई यस्तो पोलिसी खरिद गराउन थालेपछि रोक लगाइएको हो।
समितिको निर्देशनसँगै अब जीवन बीमा कम्पनीहरुले कोरोना बीमा तथा सोसँग सम्बन्धित विज्ञापन गर्न पाउने छैनन्।
