भारतमा डढेलोसरी फैलिँदै कोरोना, संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरसको फैलावट तीव्र रुपमा बढेको छ । गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

 

भारतमा सोमबार एकै दिनमा १३४ कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार १६३ जना पुगेको छ ।

 

यसको संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३९ हजार १७४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

 

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र ३५ हजार ५८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार २४९ जनाको मृत्यु भएको छ ।

 

महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ ११ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा ११ हजार ७४५ संक्रमति रहेका छन्

प्रधानमन्त्रीज्यू ! जडीबुटी कच्चा पदार्थ अत्यावश्यक वस्तुमा पर्दैन ? Read Previous

प्रधानमन्त्रीज्यू ! जडीबुटी कच्चा पदार्थ अत्यावश्यक वस्तुमा पर्दैन ?

जीवन बीमा कम्पनीहरुलाई कोरोना बीमा नगराउन निर्देशन Read Next

जीवन बीमा कम्पनीहरुलाई कोरोना बीमा नगराउन निर्देशन