क्लासिक टेकका सबै कर्मचारीको कोरोना बीमा

काठमाडौं । कोरोनाबाट सृजित स्वास्थ समस्यालाई मध्यनजर गर्दै इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गराएको छ ।

 

कोरोनाबाट हुने सम्भावित जोखिम तथा त्यसबाट हुने सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न निरन्तर सेवामा खटिरहेका कर्मचारीलाई थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि हाल कार्यरत सबै कर्मचारीको कोरोना बीमा गरिएको कम्पनीले जनाएको छ ।

 

साथै, अहिलेको विषम् परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएकाले त्यसलाई मध्येनजर गर्दै क्लासिकले सुरक्षाका मापदण्ड अपनाउँदै कर्मचारीहरु निरन्तर फिल्डमा खटेको जनाएको छ ।

९ महीनामा साढे ८१ अर्ब बराबरको धितोपत्र सूचीकृत, बैंक र बीमाको हिस्सा ८० प्रतिशत Read Previous

९ महीनामा साढे ८१ अर्ब बराबरको धितोपत्र सूचीकृत, बैंक र बीमाको हिस्सा ८० प्रतिशत

उपत्यकाका ९ सडक आयोजनाको काम अलपत्र, कुन सडकको कति काम भयो Read Next

उपत्यकाका ९ सडक आयोजनाको काम अलपत्र, कुन सडकको कति काम भयो