चामलमा उपभोक्ता ठग्दै व्यापारी, २५ किलो भन्दै २१ किलो बेच्दै

काठमाडौं । बिक्री बिल जारी नगरी कम तौलको चामल बिक्री गरेको भन्दैे एक पसललाई कारवाही गरिएको छ ।

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आएको गोप्य सूचनालाई आधार बनाएर गरिएको अनुगमनमा मैतीदेवीस्थित मातारानी ट्रेडिङले स्थानीय चामल भन्दै छुट्टाछुट्टै तौल राखेर बिक्री गरेको भेटिएपछि कारवाहीस्वरुप ३ लाख जरिवाना गरिएको छ ।

 

गुनासोका आधारमा विभाग र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गर्दा २५ किलोको बोरा भन्दै २१, २२ र २३ किलोको चामल बिक्री गरिएको भेटिएपछि तत्काल उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

 

उनका अनुसार तीन छुटै तौल भएको चामलको बोरा नापतौल विभागले परीक्षणका लागि लगेको छ । स्थानीय चामल या बाहिरबाट ल्याएर स्थानीय भन्दै बिक्री गरिएको परीक्षणको रिपोर्ट आएपछि थाहा हुने उनले जानकारी दिए।

 

अनुगमनका क्रममा लोकल चामल भनेर अरुबाट नै खरीद गरेर चामल बिक्री गरेको र तौलका विषयमा आफू जानकार नभएको पसल सञ्चालकले बताएको उनले जानकारी दिए।

आगामी वर्षमा भूकम्पपछिको पुनःनिर्माण सकिने Read Previous

आगामी वर्षमा भूकम्पपछिको पुनःनिर्माण सकिने

थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो Read Next

थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो