आगामी वर्षमा भूकम्पपछिको पुनःनिर्माण सकिने

काठमाडौं । ५ वर्षअघिको भूकम्पले क्षति पुर्याएका संरचनाको पुनःनिर्माण आर्थिक वर्ष २०७७÷७८ सम्ममा सम्पन्न गरिसक्ने नीति सरकारले लिएको छ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पुनःनिर्माणका बाँकी काम आगामी आर्थिक वर्षमा सक्ने उल्लेख गरिएको छ ।

 

पुनःनिर्माण गर्न आवश्यक निर्माण सामग्रीका लागि नीतिगत र कानूनी व्यवस्था गरी निर्माण सामग्रीको सहज आपूर्तिका लागि सम्भाव्य एवं उपयुक्त उत्पादन केन्द्र तोकिने नीति सरकारको रहेको उल्लेख छ ।

 

हालसम्म ४ लाख ९५ हजार निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । क्षतिग्रस्त ७५३ पुरातात्विक सम्पदामध्ये ४०२ को पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ ।

 

भूकम्पले भत्किएको ऐतिहासिक धरहराको ४० र रानीपोखरीको ७० प्रतिशत पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

 

नदी कटान र वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी नदीजन्य निर्माण सामग्रीको सहज आपूर्ति हुने व्यवस्था गरी पुनःनिर्माणको कामलाई तीव्रता दिइने सरकारको नीति छ ।

नीति तथा कार्यक्रम : रसुवागढी-काठमाडौं रेलमार्ग निर्माण थालिने, अमलेखगञ्ज-चितवन पाइपलाइन (पूर्णपाठ सहित) Read Previous

नीति तथा कार्यक्रम : रसुवागढी-काठमाडौं रेलमार्ग निर्माण थालिने, अमलेखगञ्ज-चितवन पाइपलाइन (पूर्णपाठ सहित)

चामलमा उपभोक्ता ठग्दै व्यापारी, २५ किलो भन्दै २१ किलो बेच्दै Read Next

चामलमा उपभोक्ता ठग्दै व्यापारी, २५ किलो भन्दै २१ किलो बेच्दै