नीति तथा कार्यक्रम : रसुवागढी-काठमाडौं रेलमार्ग निर्माण थालिने, अमलेखगञ्ज-चितवन पाइपलाइन (पूर्णपाठ सहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा रसुवागढी-काठमाडौं र वीरगञ्ज-काठमाडौं रेलमार्ग निर्माणको थालनी गर्ने भएको छ ।

 

शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यी दुवै रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेकोले अब निर्माणको प्रारम्भिक काम सुरु गर्ने बताएकी हुन् ।

 

नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा-ईनरुवा-खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने उल्लेख छ ।

 

यस्तै, सरकारले बाराको अमलेखगन्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ ।

 

यसअघि भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म सफलता पूर्वक पेट्रोलियम पाइपलाइन ल्याइएको भन्दै सरकारले यसलाई आगामी वर्ष थप विस्तार गर्ने योजना राखेको छ ।

 

सरकारको नीति तथा कार्यक्रम : एक स्थान एक बाली कार्यक्रम शुरु, खाद्यबालीको समर्थन मूल्य तोकिने Read Previous

सरकारको नीति तथा कार्यक्रम : एक स्थान एक बाली कार्यक्रम शुरु, खाद्यबालीको समर्थन मूल्य तोकिने

आगामी वर्षमा भूकम्पपछिको पुनःनिर्माण सकिने Read Next

आगामी वर्षमा भूकम्पपछिको पुनःनिर्माण सकिने