सरकारको नीति तथा कार्यक्रम : एक स्थान एक बाली कार्यक्रम शुरु, खाद्यबालीको समर्थन मूल्य तोकिने

काठमाडौं ।  सरकारले आगामी वर्षदेखि एक स्थानमा एक बाली कार्यक्रम शुरु गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जानकारी दिएकी हुन् ।

 

निर्वाहमुखी खेती किसानीमा चल्दै आएको कृषि क्षेत्रलाई आयमूलक, उत्पादनशिल, मर्यादापूर्ण पेशाको रुपमा विकास गर्दै कृषि उपज निर्यातको संभावनाको ढोका खोल्नका लागि एक स्थानमा एक बालीको अवधारणा सरकारले नीति तथा कार्यक्रम मार्फत ल्याएको हो ।

 

भू–बनोट र मौसमको आधारमा कृषि उपजहरु उत्पादनको लागि प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ । साथै, जमिन बाँझो नराख्नको लागि कृषकहरुलाई अभिप्रेरित गर्ने नीति सरकारले लिएको छ ।

 

सहरी क्षेत्रमा पनि स–साना ठाउँ र कौसीमा समेत कृषि गर्नका लागि अभिप्रेरित गरिने सरकारको योजना छ ।

 

यस्तै सरकारले कृषकलाई खाद्यान्न उत्पादनमा प्रेरित गर्न खाद्याबालीको न्यूतम समर्थन मूल्य तोक्ने भएको छ । हाल धान, गहुँ र उखुबालीको मात्रै समर्थन मूल्य तोक्ने गरेको छ ।

 

कारोना भाइरसको महामारीको कारणले विश्वव्यापी रुपमै कृषि उपजको अभाव हुने र भोकमरीको अवस्था आउन सक्ने आंकलन गरिरहँदा सरकारले कृषि उत्पादनलाई तीव्रता दिने नीति ल्याएको हो ।

सरकारको नीति तथा कार्यक्रम : विषयगत जनशक्ति उत्पादनमा जोड, साक्षर नेपाल घोषणा Read Previous

सरकारको नीति तथा कार्यक्रम : विषयगत जनशक्ति उत्पादनमा जोड, साक्षर नेपाल घोषणा

नीति तथा कार्यक्रम : रसुवागढी-काठमाडौं रेलमार्ग निर्माण थालिने, अमलेखगञ्ज-चितवन पाइपलाइन (पूर्णपाठ सहित) Read Next

नीति तथा कार्यक्रम : रसुवागढी-काठमाडौं रेलमार्ग निर्माण थालिने, अमलेखगञ्ज-चितवन पाइपलाइन (पूर्णपाठ सहित)