सरकारको नीति तथा कार्यक्रम : विषयगत जनशक्ति उत्पादनमा जोड, साक्षर नेपाल घोषणा

सरकारले आगामी वर्षदेखि विषयगत जनशक्ति उत्पादनमा जोड दिने भएको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कुरा बताएकी हुन् ।

 

सरकारले नीति तथा कार्यक्रममा आगामी वर्ष साक्षर नेपाल घोषणा गर्दै कृतिम बौद्धिकता, इन्जिनीयरिङ, खनिज उत्खनन लगायत क्षेत्रमा विषयगत जनशक्ति उत्पादन गर्ने उल्लेख गरेको छ ।

 

हाल यस्ता विभिन्न क्षेत्रहरुमा विषयगत जनशक्तिको चरम अभाव रहेको छ ।

 

सरकारले विश्वविद्यालयहरुलाई पनि अनुसन्धानमूलक बनाउने जनाएको छ । हाल नेपालका विश्वविद्यालयहरुमा मौलिक अनुसन्धान शून्य बराबर नै रहेको छ ।

 

विश्वविद्यालयहरुलाई अनुसन्धानमूलक बनाउनको लागि संरचनागत परिर्वतन गरिने सरकारले उल्लेख गरिएको छ । राजनीतिक भागबण्डाको चपेटामा फसेको मुलुककै पुरानो विश्वविद्यालयमा संरचनागत परिर्वतन गर्दै अनुसन्धानमूलक बनाउने नीति सरकारले अघि सारेको छ ।

 

यसैगरी मदन भण्डारी विश्वविद्यालय स्थापना गर्ने योजना पनि सरकारले अघि सारेको छ ।

 

आगामी ३ वर्ष भित्र सबैको स्वास्थ्य बीमा Read Previous

आगामी ३ वर्ष भित्र सबैको स्वास्थ्य बीमा

सरकारको नीति तथा कार्यक्रम : एक स्थान एक बाली कार्यक्रम शुरु, खाद्यबालीको समर्थन मूल्य तोकिने Read Next

सरकारको नीति तथा कार्यक्रम : एक स्थान एक बाली कार्यक्रम शुरु, खाद्यबालीको समर्थन मूल्य तोकिने