थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोनाको संक्रमित संख्या २७३ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बर्दिया नार्सु ११ का २८ वर्षकी महिला, सिराहा सखुरा १९ का ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ का २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ की १८ वर्षीय युवती र चितवन गढौली १ की २५ वर्षीया महिलामा कोरोनाभाइरस पुष्टि भएको हो।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कारोना संक्रमण पुष्टि भएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

 

नेपालका २७३ जना संक्रमितमध्ये हाल ३६ जना निको भइसकेका छन् ।

चामलमा उपभोक्ता ठग्दै व्यापारी, २५ किलो भन्दै २१ किलो बेच्दै Read Previous

चामलमा उपभोक्ता ठग्दै व्यापारी, २५ किलो भन्दै २१ किलो बेच्दै

कोरोना संक्रमित हुनेमा भारतले चीनलाई उछिन्यो, विश्वकै ११ औं स्थानमा Read Next

कोरोना संक्रमित हुनेमा भारतले चीनलाई उछिन्यो, विश्वकै ११ औं स्थानमा