अमेरिकामा अहिलेसम्मकै धेरै ३ करोड ६० लाखले भरे बेरोजगार भत्ताका लागि फाराम

अमेरिकामा कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै ३ करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् ।

 

यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई महिनामा भएको जनाइएको छ । उनीहरुमध्ये झण्डै ३० लाखले पछिल्लो एक हप्तामा मात्रै फाराम भरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

बेरोजगार भत्ताको दावी गर्नेहरुको सङ्ख्या बढ्दै गएपछि सरकारले केही राज्यहरुमा व्यापारिक तथा व्यवसायिक गतिविधिलाई पुनः सञ्चालन गर्न अनुमति दिएको छ ।

 

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिले लाखौँ मानिसले अमेरिकामा रोजगारी गुमाएको श्रम विभागले बिहीबार जनाएको छ ।

 

यति धेरै मानिस एकैचोटी रोजगारविहिन भएको र बेरोजगार भत्ता पनि यति धेरै मानिसले एकै पटक मागेको यो दुर्लभ घटना भएको अधिकारीहरुले जनाएका छन् ।

 

बेरोजगार भत्ताका लागि फाराम भरेका मध्ये केही राज्यका कतिपयले भने अहिले पनि त्यो राहत प्राप्त गर्न निकै कठिनाई भइरहेको बताएका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, संक्रमितको संख्या ४५ लाख बढी Read Previous

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, संक्रमितको संख्या ४५ लाख बढी

१५ दिन सरकारी कार्यालय बन्द र उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्न सिफारिस Read Next

१५ दिन सरकारी कार्यालय बन्द र उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्न सिफारिस