कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, संक्रमितको संख्या ४५ लाख बढी

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको छ।

 

वर्ल्डोमिटरको तथ्यांक अनुसार शुक्रबार बिहासम्म ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार ३७२ जना पुगेको छ । संक्रमितको संख्या ४५ लाख २० हजार ६४९ पुगेको वर्ल्डओमिटरले जनाएको छ। पछिल्लो २४ घण्टामा ९४ हजार ९९४ जना नयाँ संक्रमित थपिएका छन्।

 

अहिलेसम्मको तथ्यांकअनुसार १७ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्। २५ लाख १६ हजार भन्दा धेरै संक्रमित उपचारको क्रममा छन्। जसमध्ये ४५ हजार ५६६ जना बिरामीको अवस्था गम्भीर छ।

 

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ८६ हजार ९१२ जनाको मृत्यु भएको छ भने १४ लाख ५७ हजार ५९३ जना संक्रमित भएका छन् ।

 

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५९ हजार ६८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १८ हजार ६७२ पुगेको छ । एसियाली मुलुकहरुमा २५ हजार ५७३ जनाको मृत्यु भएको छ । ७ लाख ३८ हजार ९२० जना संक्रमित छन् ।

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो Read Previous

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

अमेरिकामा अहिलेसम्मकै धेरै ३ करोड ६० लाखले भरे बेरोजगार भत्ताका लागि फाराम Read Next

अमेरिकामा अहिलेसम्मकै धेरै ३ करोड ६० लाखले भरे बेरोजगार भत्ताका लागि फाराम