थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोनाको संक्रमित संख्या २५८ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाँकेको नैनापुर वडा नम्बर १, ३ र ५ का २५ वर्षका दुई जना तथा १८, २०, २२, २७ , ३२ र ३६ वर्षका पुरुष र मकवानपुरका ३७ वर्षका पुरुष गरी थप नौ जनामा कोरोना पुष्टि भएको हो ।

 

राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा उनीहरुमा कारोना संक्रमण पुष्टि भएको हो ।

 

नेपालका २५८ जना संक्रमितमध्ये हाल ३५ जना निको भइसकेका छन् ।

लकडाउनमा थप कडाई, जिल्लाभित्र चल्न पाउने  सवारी पास पनि खारेज Read Previous

लकडाउनमा थप कडाई, जिल्लाभित्र चल्न पाउने सवारी पास पनि खारेज

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, संक्रमितको संख्या ४५ लाख बढी Read Next

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, संक्रमितको संख्या ४५ लाख बढी