लकडाउनमा थप कडाई, जिल्लाभित्र चल्न पाउने सवारी पास पनि खारेज

काठमाडौं । सरकारले लकडाउनमा थप कडाई गर्ने भएको छ । गृह मन्त्रालयले देशका ७७ जिल्लाभित्र जारी गरिएका सबै पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

 

बिहीबार गृह मन्त्रालयमा बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास जेठ ३ गतेदेखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको हो ।

 

सवारी पास लिएर हिँडेका व्यक्तिमा पनि कोरोनाा संक्रमण देखिएपछि यसबाट थप जोखिम बढेको भन्दै गृहले यस्तो निर्णय गरेको हो ।

 

अब गृह मन्त्रालयको अनुमतिमा जारी हुने पास भएका सवारी मात्र सञ्चालन गर्न पाइने मन्त्रालयले बताएको छ ।

 

यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला जान अनुमति दिएका सबै पास खारेज गरिसकेको छ ।

'स्टार्टअप बिजनेश' र 'इनोभेशन' गर्नेलाई सरकारले ५ लाख अनुदान दिने Read Previous

'स्टार्टअप बिजनेश' र 'इनोभेशन' गर्नेलाई सरकारले ५ लाख अनुदान दिने

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो Read Next

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो