१५ दिन सरकारी कार्यालय बन्द र उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्न सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको सङ्ख्या थपिँदै गएपछि सरकारले निणन्त्रण गर्न थप कदम चाल्ने भएको छ । जसअनुसार आगामी १५ दिन सम्पूर्ण सरकारी कार्यालय बन्द गर्न सिफारीस गरिएको हो ।

 

बिहीबार गृह मन्त्रालयमा बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको बैठकले अत्यावश्यक बाहेकका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो। गृहको उक्त निणर्यमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालका प्रमुखले सहमतिसमेत जनाइसकेका छन् ।

 

बैठकले आमनागरिकको आवत–जावत रोक्न वितरण भएका सवारी पासलाई समेत रद्द गरेको छ । त्यस्तै, बैठकले अत्यावश्यक बाहेकका पसलहरु समेत बन्द गर्ने निर्णय गरेको छ। बैठकले उपत्यका भित्रिने नाकामा समेत सेना परिचालन गर्न सिफारिस गरेको छ ।

अमेरिकामा अहिलेसम्मकै धेरै ३ करोड ६० लाखले भरे बेरोजगार भत्ताका लागि फाराम Read Previous

अमेरिकामा अहिलेसम्मकै धेरै ३ करोड ६० लाखले भरे बेरोजगार भत्ताका लागि फाराम

सेनाले खरिद गरेको १० कन्टेनर स्वास्थ्य सामग्री खासा आइपुग्यो Read Next

सेनाले खरिद गरेको १० कन्टेनर स्वास्थ्य सामग्री खासा आइपुग्यो