काठमाडौं । एनआइसी एशिया बैंकले ऋणीलाई जेठ महिनामा पनि ब्याजमा छुट दिने भएको छ ।
नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई २% ब्याज सहुलियत दिन निर्देशन दिएको छ । यसका साथैं बैंकले आफ्ना ऋणीलाई थप सुधिा दिँदै ब्याजमा १० प्रतिशत छुटका साथै जरिवाना ब्याजमा पनि शतप्रतिशत छुट दिने भएको हो ।
कोरोना महामारीबाट सम्पूर्ण ऋणीलाई परेको असरको मूल्यांकन गर्दै बैंकले आफ्नै प्रयासबाट जेष्ठ महिनाका लागि समेत १०% छुटको योजना लागू गर्ने सम्पूर्ण ग्राहकलाई जानकारी गराएको छ ।
कोरोना महामारीको विषम् परिस्थतिमा देशको बृहत्तर अर्थतन्त्रको हितलाई मध्येनजर राख्दै अहिलेको टडकारो आवश्यकतालाई सम्बोधन गर्न यस्तो योजना ल्याइएको बैंकले बताएको छ । अर्थतन्त्रमा सृजित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आईरहेको बैंकले अहिलेको स्थितिमा आफूलाई उत्तरदायी कर्पोरेट नागरिकको हिसाबले समग्र अर्थतन्त्रको सबलीकरणमा टेवा पुर्याउन राष्ट्र बैंकको निर्देशन पालना गर्दै थप सहुलियत प्रदान गरी ग्राहकका सर्वोपरि हितलाई सम्बोधन गर्नु आफ्नो कर्तव्य र प्राथमिकताको रुपमा लिएको छ ।
बैंकले राष्ट्र बैंकको निर्देशनको पालना गर्दै चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीको हकमा नियमित ब्याजको १०% ले हुन आउने छुटको ग्राहकको खातामा जम्मा गरिसकेको छ ।
बैंकले हाल देशभरका ३१९ शाखा कार्यालय, ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।