जापानबाट ईसेवा मनिट्रान्सफरको सेवा सुरु

काठमाडौं । ईसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ ।

 

जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको ईसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिए ।

 

यो सँगै अब जापानमा रहेका नेपालीहरुले ईसेवा मनि ट्रान्सफर मार्फत सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन् । आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने प्रबन्ध निर्देशक कोइरालाले बताए ।

 

जापानबाट कारोबार सुरु भएसँगै प्रबन्ध निर्देशक कोइरालाले भने ‘ हामी जापान बाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दै छौँ, अबदेखि कुनै पनि ठाँउमा रहनु भएका नेपालीहरुले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्नेछन् ।’

 

ईसेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।

कालोबजारी गर्ने ५६८ फर्मलाई जरिवाना, ३ करोड राजश्व संकलन Read Previous

कालोबजारी गर्ने ५६८ फर्मलाई जरिवाना, ३ करोड राजश्व संकलन

एनआईसी एशियाले ऋणीलाई जेष्ठमा पनि ब्याजमा थप १० प्रतिशत छुट दिने Read Next

एनआईसी एशियाले ऋणीलाई जेष्ठमा पनि ब्याजमा थप १० प्रतिशत छुट दिने