दोब्बर मूल्यमा मासको दाल बेच्ने बिगमार्टलाई ३ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लकडाउनको मौका छोपी महँगोमा सामान बेच्ने बिगमार्टलाई ३ लाख रुपैयाँ जरीवाना गरेको छ ।

 

हात्तीगौँडास्थित बिगमार्टले मासको दाल २७१ रुपैयाँ प्रतिकेजी विक्री गर्दै आएको थियो । सो मार्टले १३५ रुपैयाँ प्रतिकेजी मासको दाललाई दोब्बर मूल्यमा विक्री गरेको गुनासो आएपछि कारवाही गरिएको विभागका सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए ।विगमार्टले उपभोक्ता संरक्षण ऐन बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएपछि को विभागले जनाएको छ ।

 

उनका अनुसार मार्टलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । ७ दिन भित्र बीगमार्टले ३ लाख रुपैयाँ बैंकमार्फत विभागलाई भुक्तानी गर्नुपर्ने हुन्छ । समयमा भुक्तानी नगरे बीगमार्टलाई कडा कारवाही गरी मार्टसमेत सिल गर्न सकिने उनले बताए ।

 

कुनै पनि व्यवसायीले विक्री गर्ने वस्तुमा २० प्रतिशतभनदा बढी नाफा खान नपाउने कानूनी व्यवस्था छ । यस्तै विभागले म्याद नाघेको सामान बेच्ने हाम्रो किनमेल सपलाई पनि २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

 

लक डाउनको अवधिमा उपत्यकामा खाद्यान्न स्टोरहरुले बढी मूल्यमा बिक्री गर्ने गर्ने गरेको गुनासो बढेपछि विभागले अनुगमन तीव्र पारेको छ।विभागले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म अनुगमन गर्दै आएको उनले बताए ।

डढेलोसरी कोरोना फैलिरहेको भारतमा रेल संचालन गर्ने तयारी Read Previous

डढेलोसरी कोरोना फैलिरहेको भारतमा रेल संचालन गर्ने तयारी

नयाँ उद्योग खोल्नेलाई ‘ट्याक्स होलिडे’ घोषणा गरौं : सांसद गोकर्ण विष्ट Read Next

नयाँ उद्योग खोल्नेलाई ‘ट्याक्स होलिडे’ घोषणा गरौं : सांसद गोकर्ण विष्ट