भारतको रेल मन्त्रालयले मे १२ देखि रेल संचालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा १५ वटा रेलमात्रै संचालन गर्ने तयारी गरिएको भारतीय सञ्चार माध्यम बीबीसी हिन्दीले उल्लेख गरेको छ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै भारतभर लकडाउन गरिएको करिब ५० दिन पछि रेल सेवा सञ्चालनमा ल्याउन लागिएको हो । हाल संचालनमा ल्याइने रेलहरु सबै ‘एसी ट्रेन’ हुने र टिकटको मूल्य राजधानी ट्रेन बराबरको हुने बताइएको छ।
यी रेलहरु भारतको राजधानी नयाँ दिल्ली हुँदै पटना, राँची, हावडा, डिब्रूगढ, बिलासपुर, भवनेश्वर, बैगलुरु, चेन्नई, तिरुपती, मुम्बई सेन्ट्रल,अहमदावाद,जम्मू लगायतका शहरहरुमा संचालन गर्नेछ।
मे ११ मा रेलको टिकट बुकिङ खोलिने र इन्डियन रेलवेजको वेबसाइटबाट मात्रै टिकट बुकिङ गर्न सकिने बताइएको छ।
यी रेलहरु संचालनमा आएपछि अवस्था हेरेर अरु रेलहरु संचालन गरिनेछ।