चालू आवमा सरकारले लियो १ खर्ब २५ अर्ब आन्तरिक ऋण

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा वित्तीय व्यवस्थापनका लागि सवा खर्बभन्दा बढी आन्तरिक ऋण उठाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको वैशाखसम्ममा १ खर्ब २५ अर्ब ४२ करोड आन्तरिक ऋण उठाइएको छ ।

 

वित्तीय व्यवस्थापनका लागि चालू आर्थिक वर्षमा १ खर्ब ९५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको ६४ प्रतिशत ऋण उठाउन सफल भएको राष्ट्र बैंकले जनाएको छ ।

 

गत वर्ष लक्ष्यको ५० प्रतिशत मात्रै आन्तरिक ऋण उठाएको राष्ट्र बैंकले यो वर्ष तुलनात्मक रुपमा धेरै ऋण उठाउन सफल भएको हो ।

 

सरकारी खर्च व्यवस्थापनका लागि सरकारले राष्ट्र बैंकमार्फत आन्तरिक ऋण उठाउने गरेको छ । राष्ट्र बैंकले नागरिक बचतपत्र, ट्रेजरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगारी बचतपत्र जस्ता वित्तीय उपकरण विक्री गरी आन्तरिकऋण उठाउने गरेको छ ।

 

राष्ट्र बैंकले चालू आवमा १ खर्बको विकास ऋणपत्र विक्री गरिसकेको जनाएको छ । यस्तै २५ अर्बको ट्रेजरी बिल, ४२ लाखको वैदेशिक रोजगारी बचतपत्र विक्री भएको छ ।

कृषक खोज्दै गाउँगाउँमा कृषि एम्बुलेन्स Read Previous

कृषक खोज्दै गाउँगाउँमा कृषि एम्बुलेन्स

डढेलोसरी कोरोना फैलिरहेको भारतमा रेल संचालन गर्ने तयारी Read Next

डढेलोसरी कोरोना फैलिरहेको भारतमा रेल संचालन गर्ने तयारी