एभरेष्ट बैंकको खुद नाफा २ अर्ब ३५ करोड, वितरण योग्य नाफा कति

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एभरेष्ट बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।

 

बैंकले सोमबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालू आवको चैत मसान्तसम्ममा २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो गत वर्षको सोही अवधिको तुलनामा १४ करोड रुपैयाँ बढी हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढेको हो । चालू आवको तेस्रो त्रैमासम्ममा बैंकले ४ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा ३ अर्ब ३६ करोड पुगेको छ।

 

बैंकको जगेडा कोषमा ७ अर्ब ८१ करोड रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ १ अर्ब ८५ करोड र सेयर प्रिमियम २३ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा ९४ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

 

८ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चैत मसान्तसम्म १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ५९ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

 

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २२ पैसाले बढेर ३७.३ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.२० प्रतिशत, प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ, पूँजीकोष अनुपात १२.६२ प्रतिशत रहेको छ।

कपिलवस्तुमा  थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो Read Previous

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

नेपाल एसबीआई बैंकको नाफा १० प्रतिशत घट्यो, वितरण योग्य नाफा १० करोड Read Next

नेपाल एसबीआई बैंकको नाफा १० प्रतिशत घट्यो, वितरण योग्य नाफा १० करोड