काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका संक्रमित संख्या १२० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिकाको वडा नं. ७ र १० का १० जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा १८, १९, २४, ३०, ३१, ३४ वर्षका २, २० वर्षीय २ र उमेर नखुलेका १ जना गरी १० पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
नेपालका १२० जना संक्रमितमध्ये हाल ३१ जना निको भइसकेका थिए । तर, निको भएका ३ जनामा पुनः कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।