नेपाल एसबीआई बैंकको नाफा १० प्रतिशत घट्यो, वितरण योग्य नाफा १० करोड

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल एसबीआई बैंकको नाफा १० प्रतिशतले घटेको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्ममा १ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो गत आवको सोही अवधिको तुलनामा १६ करोड २४ लाख रुपैयाँ कम हो। बैंकले गत आवको सोही अवधिसम्ममा १ अर्ब ६० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको खुद ब्याज आम्दानी २१ करोड ७३ लाख घटेको छ । समीक्षा अवधिसम्म बैंकले ३ अर्ब १३ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १५ करोड ४३ लाख रुपैयाँ घटेर २ अर्ब ४ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ।

 

बैंकको जगेडा कोषमा ५ अर्ब १६ करोड ७९ लाख रुपैयाँ र सेयरधनी कोषमा ५३ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।बैंकको वितरण योग्य मुनाफा १० करोड ४३ लाख रुपैयाँ रहेको छ।

 

८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चैतसम्म १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९५ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

 

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी ३.८१ रुपैयाँले घटेर घटेर २१.४१ रुपैयाँमा सीमित भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६३.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.२४ गुणा र निष्क्रिय कर्जा ०.१९ प्रतिशत रहेको छ।

एभरेष्ट बैंकको खुद नाफा २ अर्ब ३५ करोड, वितरण योग्य नाफा कति Read Previous

एभरेष्ट बैंकको खुद नाफा २ अर्ब ३५ करोड, वितरण योग्य नाफा कति

कृषक खोज्दै गाउँगाउँमा कृषि एम्बुलेन्स Read Next

कृषक खोज्दै गाउँगाउँमा कृषि एम्बुलेन्स