
काठमाडौं। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले ल्याण्ड लाइन टेलिफोन र पोष्टपेड सेवामा भारी छुट गरेको छ।
टेलिकमले ल्याण्डलाइन टेलिफोन सेवामा छ सय ३५ रुपयाँ र पोष्टपेड सेवामा ५ सय ६५ रुपैयाँ छुट दिएको छ । अब ल्याण्डलाइनको सेवा शुल्क १६ सय ३५ रुपैयाँ र पोष्टपेडको नौ सय ४५ रुपैयाँ कायम हुने टेलिकमले जनाएको छ।
यसअघि ल्याण्डलाइन टेलिफोनको शुल्क २२ सय र पोष्टपेड सेवाको १५ सय १० रुपैयाँ शुल्क रहेको थियो ।
सरकारले लागू गरेको आर्थिक विधेयक २०७६को दफा १४ (१)मा व्यवस्था भए अनुसार कम्पनीले ल्याण्डलाइन र पोष्टपेड सेवामा लिँदै आएको स्वामित्व शूल्क घटाएको टेलिकमले जनाएको छ ।
यस्तै टेलिफोन नामसारी शूल्क पाँच सय ६५ रुपैयाँले घटाएको । अब टेलिफोन नामसारी शूल्क छ सय ७८ रुपैयाँ कायम गरिएको छ। कम्पनीका अनुसार यस अघि टेलिफोन नामसारी शूल्क १२ सय ४३ रुपैयाँ निर्धारण गरिएको थियो।