नेपाल–भारत पेट्रोलियम पाइपलाइन परीक्षण : अब पेट्रोलियम पदार्थ पाइपलाइनबाटै आउने

काठमाडौं । भारतबाट ट्यांकर मार्फत ढुवानी हुँदै आएको पेट्रोलियम पदार्थ अब पाइपलाइन बाटै नेपाल भित्रिने भएको छ । भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको परीक्षण गरिएको छ ।

 

नेपालको लाइफ लाइनको रुपमा रहेको पाइप लाइनको परीक्षणका लागि बुधबार बिहारको राजधानी पटनाबाट डिजेल पठाइएको छ।परीक्षणको गर्न पाइप लाइनमा पानी, पाइप सफागर्ने पदार्थ (तिग ) र डिजेल हालेर नेपाल पठाइएको छ ।

 

नेपाल आयल निगमका अनुसार सो पाइपलाइनको साउन अन्तिममा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन भइसकेपछि पाइपलाइन बाटै व्यवसायिक रूपमा पेट्रोलियम पदार्थ ल्याइने निगमले जनाएको छ ।

 

पाइपलाइनबाट प्रतिघन्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अनुमान गरिएको छ। पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ८० करोड रूपैयाँ बचत हुने निगमले जनाएको छ।

 

अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ती ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका छन्।

प्रभु बैंकको वेलकम र स्यालरी बचत खातामा बीमा सुबिधा Read Previous

प्रभु बैंकको वेलकम र स्यालरी बचत खातामा बीमा सुबिधा

टेलिकमको ल्याण्ड लाइन र पोष्टपेड सेवामा भारी छुट Read Next

टेलिकमको ल्याण्ड लाइन र पोष्टपेड सेवामा भारी छुट