
काठमाडौं । वितरण क्षेत्रमा संलग्न व्यवसायीहरू आन्तरिक राजश्व विभागले लागू गरेको भेहिकल ट्रेकिंग सिस्टमको विरोधमा उत्रेको छन । उक्त सिस्टमले सामान ढुवानीमा संलग्न गाडीको प्रवेशमा अप्ठ्यारो पार्ने निश्कर्ष निकाल्दै व्यवसायीहरुले यथाशीघ्र चाँडो फिर्ता लिन आग्रह गरेका छन । भेहिकल ट्रेकिंग सिस्टम यसै श्रावण सङ्क्रान्ति देखि लागू भएको हो ।
अनलाइन ढुवानी साधन अनुगमन प्रणालीले मालसामान ओसारपसारमा कठिनाइ पर्ने कारण देखाउँदै व्यवसायीहरूले बताएका छन । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरू एवं पेय पदार्थ र कस्मेटिक लगायतका व्यवसायीहरू समेटिएको महासंघले असार ३० गते राज्यको नीतिले आफूहरू अप्ठ्यारो परेको निश्कर्ष निकालेको हो ।
उनीहरुले साउन १ गतेबाट आफूहरूले घर –घरमा पुगेर दिँदै आएको सुविधा प्रदान गर्न नसकिने निर्णय समेत गरेका छन् । यससँगै विभिन्न क्षेत्रमा ढुवानी बन्द भएका खबर समेत धमाधम सार्वजनिक हुन थालेका छन् ।
महासंघका कार्यसमिति सदस्यहरूको एक टीमले बाध्यतावश ढुवानी बन्द गर्दा यसबाट उपभोक्ताहरूमा पर्न गएको मर्का सम्बन्धी आफूहरू सचेत रहेको र विशेष परिस्थितिवश यस्तो परिस्थिति आएको समेत बताएका छन ।