
काठमाडाैं । १३१ वटा देशमा ३० वटा प्रमुख होटल ब्राण्डमा ७ हजार भन्दा बढी प्रोपटी रहेकाे मेरिएट नेपालमा काठमाडौं मेरिएटकाे नामले संचालनमा आएको छ । योसँगै नेपालमा मेरिएटको फ्ल्यागसीप ब्राण्ड नेपाल प्रबेश गरेकाे छ । आधुनिक पर्यटनलाइ विस्तार गर्न डिजाइन गरिएको होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक सहरसँग जोड्दछ ।
मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भने , ‘हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड सुन्दर देश नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं । सन् २०१८ मा नेपालले एक मिलियन पर्यटक भित्र्याएको छ र यो नयाँ रेकर्डसँगै देशमा पर्यटन प्रबल सम्भावना रहेको देखिएको छ । हाम्रो होटलले काठमाडौंमा अतिथिहरुलाई उत्कृष्ट बसोबासका साथै अतिथिहरुको स्वभाव अनुसार संस्कृतिक अनुभवहरु प्रदान गर्दछ ।’
उनले थप्दै भने ‘व्यवसायीक यात्रुहरु र फुर्सदीलो यात्रीका लागि नेपालमा आश्चर्यजनक अनुभवहरु प्रदान गर्ने धेरै यूनिस्को वल्र्ड हेरिटेज साइटहरु रहेका छन्, जसमा अतिथिहरुले सोफेस्टिकेटेड स्पेस तथा मेरिएटको न्यानो अतिथ्यिबाट आनन्द लिन सक्नेछन ।’
होटलमा प्रवेश गरेपछि अतिथिहरुले देशप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् । होटलको सिलिङ्ग ५०० केजीको घण्टी झुन्ड्याइएको छ र स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाएको छ । होटलको प्याटेन्ड कार्पेट हुबहु नेपालको राष्ट्रिय पोषाक ढाका टोपीमा भएको बुट्टाहरु जस्तै रहेको छ ।
२१४ वटा सुव्यवस्थित कोठाहरु रहेको होटेलले आधुनिक डिजाइनालाई प्रतिबिम्बित गर्छ, जुन सुन्दर र माैलीक प्रविधिले अझ पूर्ण बनाएको छ । परम्परागत डेस्कहरुलाई लचिलो सतहले प्रतिस्थापित गरेर काम गर्न र आराम गर्न सहज स्थान बनाएको छ । बस्नका लागि नरम बिछयौना तथा नेस्टिङ कुनाहरुको साथ अतिथिहरुले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्नेछन जसले प्रभावकारी भावना उजागर गर्दछ ।
काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीका अनुसार काठमाडौं मेरिएट होटल बस्नको लागि एकदम उत्तम बनाउन अतिथिहरको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको छ । उनी भन्छन्, ‘हामी अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरुलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गरेर अतिथिहरुलाई अद्वितीय अनुभव प्रदान गर्न तत्पर रहेका छौं । हाम्रो विशेष ४ डाइनिंग स्थानमा प्रचुर स्थानीय तथा अन्तर्राष्ट्रिय व्यञ्जन प्रदान गर्दछौं जसले काठमाडौंको क्यूलनेरी दृश्यलाई माथि उठाएको छ ।’
अतिथिहरुले बहुसंख्यामा रहेको डाइनिंग अनुभव छनौट गर्न सक्छन् जसमा अल डे डाइनिंग रेष्टुरेन्ट, ठमेल किचन रहेको छ । जसमा स्थानीय र अन्तर्राष्ट्रिय खानाहरु पेश गर्न अन्तक्रियात्मक लाइभ कुकिङ्ग किचन समेत रहेको छ । एडमामी एशियन विशेषता भएको रेष्टुरेन्ट हो, जसले थाइ, जापनीज र चाइनिज भोजन पेश गर्दछ । जसमा विशेष याकिटोरी स्टेसन पनि रहेको छ ।
रक्सी एक म्यूजिक बार हो जसले स्थानीय सामग्रीहरको ह्यान्ड ड्राफ्टेड ककटेल पेश गर्दछ र ज्याज म्यूजिक सेसन पनि आयोजना गर्दछ । बिहानको फ्रेस र फ्लेबरफूल बाइट वा दिउसको कफि ब्रेकका लागि केबीसी, काठमाडौं बेकिङ किचन रहेको छ जसले स्वादिष्ट मिठाई तथा बेक्ड इन–हाउस पेस्ट्रीसँग फ्रेस एस्प्रेसो र कफि आधारित पेय पदार्थ पेश गर्दछ ।
७४० स्क्वायर मिटरभन्दा बढी क्षेत्रफल भएको ब्याङकुइट स्पेससँगै काठमाडौं मेरिएट होटल कन्फेरेन्स र बैठकका लागि सबैभन्दा नयाँ प्रविधि भएको उपत्यकाकै ठुलो होटल हो । एम-क्लबबाट गगनचुम्बी हिमालयन पर्वतको दृश्य देखिन्छ जुन २४सै घण्टा ब्रेकफास्ट र रिफ्रेसमेन्टका लागि उपयुक्त स्थान हो ।
स्वास्थ्य र सर्वाङ्गीण वेल-विगंसँग केन्द्रित होटलले एम-वेलनेश प्रदान गर्छ, जसमा ४ वटा ट्रिट्मेन्ट कोठाहरु रहेका छन् । जहाँ दिमाख र शरिरलाई आराम गर्न आयुर्वेदिक सिग्नेचर ट्रिट्मेन्ट तथा आधुनिक थेरापी चयन गर्न सकिन्छ । होटलमा स्वीमिङ्ग पुल र सुविधा सम्पन्न फिटनेश सेन्टर पनि रहेका छन् ।
यात्रीहरुले होटलबाट केही पैदलको दुरिमा रहेका ऐतिहासिक तथा सांस्कृतिक धरोहर जस्तै पूर्व शाही निवास नारायणहिटी प्यालेस संग्रहालय भ्रमण गर्न सक्नेछन्, दरबारमार्गको गल्लीमा ग्यालेरी र सपिङ गर्न, व्यस्थ शहरको हरियाली ठाँउ गार्डेन अफ ड्रिमको दृश्य अवलोकन गर्न जान सक्छन् । यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केबल २० मिनेट ड्राइभिङको दुरिमा रहेको छ ।