घाटामा गएको साझा सहकारीलाई विद्युतीय बस किन्न सरकारको ३ अर्ब

काठमाडौं । सरकारले घाटामा गएको साझा सहकारीलाई बस किन्न तीन अर्ब दिने भएको छ । काठमाडौं महानगर, ललितपुर महानगर लगायतको पैसामा (शेयर लगानीमा) साझाले ६९ वटा बस सञ्चालन गर्दा घाटामा गएको देखाइएको छ । त्यसैमा सरकारले साझालाई नै जनताको करबाट उठेको ३ अर्ब रुपैयाँ सुम्पिएको हो ।

 

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा साझा सहकारीका अध्यक्ष कनकमणी दिक्षितले साझा यातायात घाटामा भएको स्वीकार गरे । ‘जेष्ठ नागरिक तथा विद्यार्थीलाई सहुलियत दिँदा साझा घाटामा भएको हो,’ उनले भने, ‘संसारभर सार्वजनिक यातायात घाटामा हुन्छ ।’

 

विद्युतीय बस वातावरणमैत्री र सहरी स्वभा भएकाले त्यो आवश्यक ठानेर सरकारले साझालाई बस किन्न उक्त रकम उपलब्ध गराएको दिक्षितको दाबी छ ।

 

यसअघि प्राधिकरण गठन गरी प्राधिकरण वा यातायात व्यवस्था विभाग मार्फत नै ३ सय इलेक्ट्रीक बस खरिद गरि चलाउने योजना सरकारले बनाएको थियो ।

 

सरकार आफैंले किन्ने निर्णय भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भने, ‘साझा सहकारी पनि सरकारकै हो । जसमा सरकारको ९९ प्रतिशत शेयर रहेकाले साझा सहकारी मार्फत विद्युतीय बस किन्ने निर्णय भएको हो ।’

 

साझा यातायातलाई सरकारले बसको स्पेसिफिकेसन समेत तोकेर दिएको मन्त्री महासेठको भनाई छ । साझाले आगामी असोजसम्ममा पहिलो चरणमा २०/२५ वटा विद्युतीय बस ल्याउने उनले जानकारी दिए ।

 

साझा सहकारीलाई आर्थिक वर्ष २०७६/७७ भित्रमा ३ सय वटा विद्युतीय बस किन्ने गरि २०७६ असार २९ गतेको मन्त्रिपरिषद्ले ३ अर्ब रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत उपलब्ध गराइएको मन्त्री महासेठको भनाई छ ।

 

भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयको प्रत्यक्ष निगरानीमा साझा यातायातले जी टू जी वा खुल्ला प्रतिपस्पर्धाबाट इलेक्ट्रीक बस किनिने मन्त्री महासेठको जिकिर थियो । सरकार बसको स्पेसिफिकेसन बारे निर्णय गरि सकेको बताएपनि स्पेसिफिकेसन भने सार्वजनिक गरिएको छैन ।

राजधानीमा काठमाडौं मेरिएट होटल संचालन Read Previous

राजधानीमा काठमाडौं मेरिएट होटल संचालन

यसकारण कृषिजन्य उत्पादन नेपालमा बढ्न सकेन Read Next

यसकारण कृषिजन्य उत्पादन नेपालमा बढ्न सकेन