एनआईसी एशिया क्यापिटलका ग्राहकले सेवा शुल्कमा छुट पाउने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्ना ग्राहकलाई सेवा शुल्कमा छुट दिने भएको छ ।

 

धितोपत्र बोर्डले मंगलबारबाट दोस्रो बजारमा सेयर कारोबार गर्न र धितापत्रको राफसाफ मेरोसेयर मार्फत गर्न निर्देशन दिएसँगै क्यापिटलले हितग्राही खाता खोलेका ग्राहकलाई विभिन्न शीर्षकमा विशेष छुट दिने भएको हो ।

 

क्यापिटलले ग्राहकलाई २०७७ साल आषाढ मसान्तसम्म निःशुल्क मेरो शेयर खाता खोलिदिने, हितग्राही खाता खोल्ने ग्राहकलाई पहिलो वर्षको खाता संचालन शुल्कमा छुट दिने, ४ वर्षका लागि खाता नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षको लागि खाता नवीकरण हुने व्यवस्था मिलाई १ वर्षको नवीकरण शुल्क छुट दिने भएको छ ।

 

यस्तै क्यापिटलले लगानी व्यवस्थापन सेवा (पीएमएस) लिने ग्राहकलाई पहिलो वर्षको वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिने, एनआईसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालय मार्फत सहजै रुपमा हितग्राही खाता खोल्ने तथा हितग्राही खाता तथा मेरो सेयरको नवीकरण शुल्क भुक्तनी गर्न मिल्ने व्यवस्था गरेको छ ।

 

साथै क्यापिटलले अनलाइनमार्फ हिताग्राही खाता खोल्न सकिने व्यवस्था पनि गरेको छ ।

लकडाउन खुकुलो भएसँगै पेट्रोलियम पदार्थ खपत दोब्बरले बढ्यो Read Previous

लकडाउन खुकुलो भएसँगै पेट्रोलियम पदार्थ खपत दोब्बरले बढ्यो

डेढ महिना कारोबार गर्न नपाएका लगानीकर्ता : पैसा हातमा लिएर बसेका किन्न आतुर, पैसा फसेकालाई बेच्न हतार Read Next

डेढ महिना कारोबार गर्न नपाएका लगानीकर्ता : पैसा हातमा लिएर बसेका किन्न आतुर, पैसा फसेकालाई बेच्न हतार